Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • समय सन्दर्भ:

    मन्त्री आलेलाई साँढेको संज्ञा दिँदै भट्टराईले भने- उनी पागल सरी सडकमा नाङ्गै हिँडिरहेछन्

    मन्त्री आलेलाई साँढेको संज्ञा दिँदै भट्टराईले भने- उनी पागल सरी सडकमा नाङ्गै हिँडिरहेछन्

    अनलाइन नेपाल
  • सोमबार, १७ माघ २०७८
  • 2.9K
    SHARES

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका सचिव योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई कटाक्ष हानेका छन् । पछिल्लो समय मन्त्री आले सडकमा नांगै हिँडिरहेको भट्टराईको आरोप छ ।

    पछिल्लो समय ‘नारायणहिटी दरबार संग्रालयदेखि पशुपति धर्मशालामा बतास समूहको प्रकरण’बारे आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले यस्तो आरोप लगाएका हुन्।



    सोमबार दिउँसो पूर्व संस्कृति मन्त्री समेत रहेका भट्टराईले हिमालय टेलिभिजनको समय सन्दर्भ कार्यक्रममा प्रस्तोता भूपाल लुइँटेलको प्रश्नमा जवाफ दिँदै भने, ‘जब साँढे सडकमा नांगै हिड्छ नि, त्योसँग बहस गरेर काम छैन, मानिसहरुसँग संबाद हुन्छ, पागलसँग होइन’



    ‘….अनि तपाईलाई त जेल लगेरै छाड्ने भनिएको छ नि ?’ भन्ने प्रस्तोता लुइँटेलको प्रश्नमा भट्टराईले भनेका छन्, ‘म जेल गएकै मान्छे हुँ, छानबिन गर्ने निकाय छ, गल्ती भएको पुष्टि भए सजाय भोग्न तयार छु, नांगै मान्छेले कारवाही गर्ने होइन ।’

    यसअघि मन्त्री आलेले बतास समूहसँगको ठेक्का समयमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउने बताएका थिए । मन्त्री आलेले आफू देशका सांस्कृतिक सम्पदाहरु जोगाउन लागि परेको भन्दै गैरकानुनी र सेटिङमार्फत गरिका सम्झौता सबै भंग गर्ने दाबी गर्दै आएका छन् ।

    त्यस्ता कार्यमा संलग्न सबैलाई कारवाही गर्ने मन्त्री आलेको भनाइ छ । उक्त सम्झौता तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको पालमा स्वीकृत भएको थि यो। मन्त्री आले र पूर्वमन्त्री भट्टराई पछिल्लो समय एकअर्काविरुद्ध अनेकौं आरोपहरु लगाउँदै आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार