Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • यसकारण ‘नम्बर वान’ बन्यो एनआईसी एशिया बैंक

    यसकारण ‘नम्बर वान’ बन्यो एनआईसी एशिया बैंक

    अनलाइन नेपाल
  • मंगलबार, १८ माघ २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । पछिल्लो समय एनआईसी एशिया बैंक बाणिज्य बैंकहरुमध्ये अब्बल सावित भएको छ । २७ वाणिज्य बैंकमध्ये एनआईसी एशिया बैंक कसरी ‘नम्बर वान’ कसरी बन्न पुग्यो भन्नेमा चाहिं बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देखि कर्मचारी र वित्तीय अवस्थालाई बुझ्न जरुरी छ ।

    नयाँ कार्यशैलीमा अभ्यस्त युवाहरुको क्षमता, ऊर्जा र नयाँ दृष्टिकोण तथा सवल वित्तीय अवस्थाले नै एनआईसी एशिया बैंक उत्कृष्ट बैंक बन्न पुगेको प्रष्टै छ । त्यसैले पनि पछिल्लो समय एनआईसी एशियाका कर्मचारीदेखि वित्तीय अवस्थाका बारेमा निकै चर्चा हुने गरेको छ । अन्य बैंक प्रतिस्पर्धामा देखिए पनि विशेष गरी एनआईसी एशिया बैंक अधिकांश सूचकांकमा निकै प्रतिस्पर्धी देखिन्छ।



    एनआईसी एशिया बैंकका सिइओ रोशन कुमार न्यौपानेले साना तथा मझौला उद्यमी कर्जा (एसएमई) मा बढी जोड दिँदै आएका छन् । साना तथा मझौला र कृषि कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा एनआईसी एशिया बैंक अग्रणी स्थानमा छ । एनआईसी एशिया बैंकको कुल कर्जामा ५ करोड रुपैयाँभन्दा कम सीमा भएका कर्जाहरूको अंश करिब ९० प्रतिशत छ । यस्तो कर्जाले कर्जा जोखिम कम गर्छ र निष्कृय कर्जा कम बनाउने बैंककै कर्मचारीहरु बताउँछन् । फलस्वरुप एनआईसी एशिया बैंकले निष्कृय कर्जालाई चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ०.४७ प्रतिशतमा सीमित राख्न सफल भएको छ ।



    एनआईसी एशिया बैंकले कर्जा लगानीमात्र होइन, निक्षेपतर्फ पनि स–साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्बन गरेको छ । एनआईसी एशियाले पछिल्लो समय ल्याएको सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता यसको एउटा उदाहरण हो । उच्चतम ब्याज र २४ आकर्षक फाईदासहित यस्तो खाता योजना सञ्चालनमा ल्याएको बैंकको दाबी छ । त्यसैगरी एनआईसी एशिया बैंकले शाखा सञ्जालमा पनि आफूलाई सबै सबैभन्दा ठूलो बैंकका रुपमा स्थापित गरेको छ ।

    एनआईसी एशिया बैंक देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक भएको दावी गर्छन प्रमुख कार्यकारी अधिकृत रोेशन कुमार न्यौपाने । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक विवरणमा कर्जा, निक्षेप, स्वःपूँजीमा प्रतिफल, प्रति शेयर आम्दानी, शाखा कार्यालय, एटिएम र ग्राहक संख्या (निजी क्षेत्रका बैंकहरुमा) का सूचकांकमा एनआईसी एशिया बैंक नम्बर एक देखिएको छ ।

    नेपाल चार्टर्ड एकाउन्टस् संस्थाबाट चार्टर्ड एकाउन्टेन्ट डिग्री लिएका बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले २०७४ चैत्र २ देखि यस बैंकको नेतृत्व सम्हालेका हुन् । न्यौपानेले पटक–पटक आफूले मात्र नभई कर्मचारीहरुकै साथ र सहयोगले नै बैंक यहाँसम्म आइपुगेको बताउँदै आएका छन् । त्यसैले बैंक कर्मचारीहरुमा निरन्तर हौसला, प्रेरणा र प्रोत्साहन जगाई बैंकको उज्यालो भविष्य निर्माणका लागि दीर्घकालीन रणनीतिको यथोचित कार्यान्वयनमा युगान्तकारी भूमिका निर्वाह गर्ने कामको प्रमुख श्रेय बैंकका सिइओ न्यौपानेलाई नै जान्छ ।

    ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बनाउन न्यौपानेको अहम भूमिका छ । फलस्वरुप एनआईसी एशिया बैंकले न्यौपानेको नेतृत्वमा कर्जा, निक्षेप, स्वःपूँजीमा प्रतिफल, प्रति शेयर आम्दानी, शाखा कार्यालय र एटिएमको आधारमा देशको बैंक तथा वित्तीय क्षेत्रमध्ये ‘नम्बर एक बैंक’ को ताज हासिल गर्न सफल भयो ।

    न्यौपानेलाई पुरस्कारै पुरस्कार
    २०७७ चैत २७ मा राष्ट्रपतिबाट ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ तथा कर्पोरेट बिजनेस म्यागेजिनको ‘कर्पोरेट सिइओ अफ द इयर, २०७८’ बाट सम्मानित भएका छन् सिइओ न्यौपानेलाई बेलायतको प्रतिष्ठित ग्लोबल बिजनेस आउटलुक म्यागजिनले नेपालको बैंकिङ्ग क्षेत्रमा कुशल नेतृत्वबाट दिएको अहम् भूमिकालाई उच्च सम्मान गर्दै ‘बैंकिङ्ग सिइओ अफ द इयर–नेपाल २०२१’ बाट सम्मान गरेको छ । ऊर्जाशिल र क्षमतावान बैंकका सिइओ र एनआईसी एशिया बैंकका सम्पूर्ण कर्मचारीले गर्दा नै बैंकले नयाँ उचाइ चुम्न पुगेको कर्मचारीहरु बताउँछन् ।

    चुक्ता पुँजी/जगेडा कोष
    एनआईसी एशिया बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ छ । कुल बजार पुँजीकरणको आधारले एनआईसी एशिया छैटौं स्थानमा छ । त्यसैगरी एनआईसी एशिया बैंकको जगेडा कोषमा ८ अर्ब ७६ करोड ७९ लाख ९१ हजार रुपैयाँ छ ।

    निक्षेप/कर्जा प्रवाह
    निक्षेप संकलनमा पनि एनआईसी एशिया बैंक सबैभन्दा अगाडि छ । बैंकले २ खर्ब ९४ अर्ब ९४ करोड ८ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यसैगरी कर्जा लगानी गर्नेमा पनिन एनआईसी एशिया बैंक नै अगाडि छ । बैंकले २ खर्ब ६१ अर्ब ९२ करोड ३० लाख ३३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

    खुद ब्याज आम्दानी/नाफा
    एनआईसी एशिया बैंकले ५ अर्ब २४ करोड १६ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन मुनाफा ३ अर्ब ४२ करोड ५ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ । त्यसैगरी चालु आर्थिक वर्षको ६ महिनामा एनआईसी एशिया बैंकले २ अर्ब ४० करोड २० लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार