Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कोरोना भाइरस

    थपिनेभन्दा डिस्चार्ज हुनेको संख्या दोब्बर, १४ जनाको मृत्यु

    थपिनेभन्दा डिस्चार्ज हुनेको संख्या दोब्बर, १४ जनाको मृत्यु

    ३ हजार १७५ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 651
    SHARES

    काठमाडौ‌ं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार विहीबार कुल १२ हजार ६०५ जनाको परीक्षण गर्दा ३ हजार १७५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।



    यस्तै, पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न अस्पतालबाट गरी ८ हजार ७२३ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।



    यसैगरी मन्त्रालयका अनुसार आज थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको ११ हजार ७७८ संख्या पुगेको छ।

    हाल देशभर ६३ हजार २६९ जना सक्रिय संक्रमितहरु रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार