Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ब्राजिलमा बाढीपहिरोका कारण कम्तीमा ९४ जनाको मृत्यु

    ब्राजिलमा बाढीपहिरोका कारण कम्तीमा ९४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । ब्राजिलमा बाढीपहिरोका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ । ब्राजिलको सहर पेत्रोपुलिसमा चानक आएको बाढी पहिरोमा परेर ९४ जनाको मृत्यु भएको हो ।

    रियो दि जिनेरोको उत्तरतर्फ पर्ने उक्त पहाडी सहरमा दशकौँपछिको ठूलो मुसलधारे वर्षा भएको थियो । सडकमा पानीको भेल पस्दा कारहरू यत्रतत्र देखिन्छन् भने पहाडी खोँचमा रहेका घरहरू पहिरोका कारण सखाप भएका छन् ।



    हिलो मिसिएको भेल मानिसहरूका घरमा छिर्दा कयौँ परिवारहरू घरबार विहीन बनेका छन् । विपद्लाई व्याख्या गर्ने क्रममा झण्डै एक महिनाको वर्षा बराबरको पानी केही घण्टामै परेको बताइएको छ ।



    रियो दि जिनेरो राज्यका गभर्नरले त्यो सन् १९३२ पछिको ठूलो वर्षा भएको बताए । पेत्रोपुलिस सहरका मेयरले त्यहाँ आपत्काल घोषणा गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार