Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बाढी प्रभावित स्थल अवलोकनमा निस्किए मन्त्री ज्वाला, दुई दिन प्राविधिक टोलीसँगै बस्ने

    बाढी प्रभावित स्थल अवलोकनमा निस्किए मन्त्री ज्वाला, दुई दिन प्राविधिक टोलीसँगै बस्ने

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असार २०८०
  • 624
    SHARES

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला बाढीपहिरोले पुर्‍याएको क्षति अवलोकन गर्न प्रभावित स्थल अवलोकन भ्रमणमा निस्किएका छन्।

    पुर्वी नेपालमा यहि २ असारको अविरल वर्षापछि आएको बाढी र पहिरोले ठुलो भौतिक क्षति पुर्याएको थियो ।



    सो समयमा मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो भने केही स्थानका बेलिब्रिज र झुलुङगे पुल पनि बगाएको थियो।



    त्यसपछि निर्माणधीन बेलिब्रिज र भौतिक क्षति भएका क्षेत्रको दुई दिने स्थलगत भ्रमणका लागि पूर्वी नेपाल प्रस्थान गरेका हुन् ।

    मन्त्री ज्वालासँगै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, उपमहानिर्देशक रामहरी पोखरेललगायत प्राविधिकको टोली पनि भ्रमणमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार