Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • ताप्लेजुङका बाढीपहिरो प्रभावित परिवारले बल्ल पाए राहत

    ताप्लेजुङका बाढीपहिरो प्रभावित परिवारले बल्ल पाए राहत

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 552
    SHARES

    ताप्लेजुङ । ताप्लेजुङको बाढीपहिरो प्रभावित क्षेत्रका बाढी पहिरोबाट प्रभावित परिवारले राहत सामाग्री पाउने भएका छन् ।

    नेपाली सेनाको हेलिकप्टरबाट सिदिङ्वा गाउँपालिका ६ को मेहेलेमा बुधबार पहिलो राहतको सामाग्री सामग्री पुर्याएको हो ।



    प्रदेश सरकारबाट लत्ताकपडा, टेण्ट, भाडाकुडा र स्वास्थ्यका सामाग्री साथै सदरमुकामबाट त्रिपाल, कम्बल, भाडाकुँडा थपेर पठाईएको बताईएको छ ।



    मेहेलेमा बाढी र पहिरोबाट विस्थापित बनेका एक सय बढि परिवार स्थानीय निलगीरी माध्यामिक विद्यालयमा आश्रय लिएर बसेका छन् ।

    गत शनिबार आएको बाढी पहिरोमा परी सो स्थानमा तीन जनाको मृत्यु भएको छ तीन जना अझै बेपत्ता छन् । मृतकका परिवार तथा आफन्त र बाढी पहिरोबाट प्रभावित अन्य परिवारलाई क्षतिको विवरण हेरेर राहत उपलब्ध गराउने तयारी भईरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार