Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • दार्चुला बाढीपहिरो : मृतकका परिवारलाई जनही एक लाख दिने मन्त्री रावलको घोषणा

    दार्चुला बाढीपहिरो : मृतकका परिवारलाई जनही एक लाख दिने मन्त्री रावलको घोषणा

    अनलाइन नेपाल
  • शनिबार, २५ भाद्र २०७९
  • 930
    SHARES

    दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलामा बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

    प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले प्रदेश सरकारका तर्फबाट उक्त रकम दिने घोषणा गरेका हुन् । अविरल वर्षापछिको बाढीपहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । १० जना बेपत्ता छन् । आठ जना घाइते भएका छन् ।



    बाढीपहिरो प्रभावितका लागि राहत र उद्धार सामग्री लिएर मन्त्री रावलसहित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र सुदूरपश्चिमका वनमन्त्री मानबहादुर धामीसहितको टोली शनिबार दार्चुला पुगेको हो ।



    त्यहाँ सुरक्षा निकायका अधिकारीहरूसँगको छलफलमा मन्त्री रावलले यस्तो घोषणा गरेका हुन् । यस्तै बाढीपहिरोमा परी घाइते भएकाहरूलाई उपचारका लागि जनही ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने उनले प्रतिबद्धता जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार