Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • पाँचथर बाढीपहिरो

    पहिरोमा फसेका १२ जनाको हेलिकप्टरबाट उद्धार

    पहिरोमा फसेका १२ जनाको हेलिकप्टरबाट उद्धार

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 609
    SHARES

    पाँचथर । पाँचथरबाट बाढीपहिरोमा फसेका १२ जनाको उद्धार गरिएको छ । याङबरक १ फेदी गाउँमा फसेका १२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

    पाँचथर याङवारक गाउँपालिका १ फेदीस्थित पहिरोमा परि फसेकालाई उद्धार गरी च्याङथापुस्थित विष्णु माविमा राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।



    उदार गरिएकाहरुमा याङवारक गाउँपालिका १ बस्ने वर्ष ६० का नरमाया गुरूङ, उनको नाती वर्ष १६ का सन्दिप गुरूङ र नातिनी हिमा गुरूङ रहेका छन् ।



    त्यस्तै ८० वर्षीय कृष्णबहादुर गुरूङ, उनकी श्रीमती ६० वर्षीया डिकमाया गुरूङ, उनका छोरा ३५ वर्षीय काजुहाङ गुरूङ र बुहारी ३० वर्षीय सुनिता गुरूङको पनि उद्धार भएको छ ।

    त्यस्तै ४३ वर्षीय मनबहादुर गुरूङ, उनकी श्रीमती ४४ वर्षीया मन कुमारी गुरूङ, छोरी१६ वर्षकी सुस्मा गुरूङ, सोही स्थानका ७० वर्षीय पदम बहादुर खालिङ र उनकी श्रीमती ६८ वर्षीया मनमाया खालिङको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    पाँचथरको बाढीपहिरोमा अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार