Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कोरोना अपडेट: २६२ जनामा संक्रमण पुष्टि हुँदा ४ जनाको मृत्यु

    कोरोना अपडेट: २६२ जनामा संक्रमण पुष्टि हुँदा ४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ८ फाल्गुन २०७८
  • 831
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ ।

    ६ हजार ५७२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २२९ तथा एन्टिजेन विधिबाट ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार यही अवधिमा थप १ हजार ३३८ जना निको पनि भएका छन् ।  नेपालमा निको हुने दर ९७.५ प्रतिशत रहेको छ । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार २४४ पुगेको छ ।



    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ जनाले ज्यान पनि गुमाएका छन् । नेपालमा हालसम्म ११ हजार ९२१ जनाले ज्यान गुमाइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार