Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ई-सेवामार्फत् लाखौं ठगी: टिकटकबाट आइफोन किन्न खोज्दा समातिए दुई युवा

    ई-सेवामार्फत् लाखौं ठगी: टिकटकबाट आइफोन किन्न खोज्दा समातिए दुई युवा

    अनलाइन नेपाल
  • आइतबार, ८ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले ई-सेवा (e-Sewa)मार्फत् लाखौं ठगी गरेको आरोपमा दुई युवाहरुलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा रौतहट माधबनारायण नगरपालिका-२ घर र बारा महागढीमाई-१० भइ हाल बिरगंज बस्ने क्रमश: शुभम साह र सर्फराज आलम रहेका छन्।



    महाशाखाका अनुसार पक्राउ परेका साह र आलमले ई-सेवाले बोनस बाड्दै छ, ई-सेवामा ५० हजार जम्मा गरे २५ सय बोनस पाइने भन्दै पीडितहरुलाई ठगी गरेर रकम जम्मा गर्न लगाएका थिए। आफू ई-सेवाको कर्मचारी समेत रहेको उनीहरुले बताएपछि पीडितले उक्त रकम जम्मा गरेको अनुसन्धानबाट खुलेको महाशाखाको भनाइ छ।



    साथै, उनीहरुले ठगीबाट जम्मा गरेको सात लाख बढी रकमबाट टिकटकमा विक्रीको लागी राखिएको आइफोन-१३ प्रो म्याक्स (Iphone 13 Pro Max) १ लाख ९० हजारमा किन्ने सहमति समेत गरेको महाशाखाको दाबी छ।

    उनीहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार