Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कोरोना अपडेट: ४७६ जनामा संक्रमण पुष्टि हुँदा ३ जनाको मृत्यु

    कोरोना अपडेट: ४७६ जनामा संक्रमण पुष्टि हुँदा ३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १० फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ ।

    ६ हजार ६०४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २९९ तथा एन्टिजेन विधिबाट १७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार यही अवधिमा थप ८३१ जना निको पनि भएका छन् ।  नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ७४७ पुगेको छ ।



    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ जनाले ज्यान पनि गुमाएका छन् । नेपालमा हालसम्म ११ हजार ९२८ जनाले ज्यान गुमाइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार