Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • सर्वोच्चका केही न्यायाधीश एमालेलाई सिध्याउन खुलेरै लागेका थिए : ओली

    सर्वोच्चका केही न्यायाधीश एमालेलाई सिध्याउन खुलेरै लागेका थिए : ओली

    अनलाइन नेपाल
  • शनिबार, १४ फाल्गुन २०७८
  • 861
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा बसेका केही न्यायाधीशहरु एमालेलाई सिध्याउन खुलेरै लागेको दावी गरेका छन् ।

    पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफूलाई पदबाट हटाउन संविधान विपरित सेटिङमा निर्णय भएको समेत दोहोर्याए ।



    एमाले सम्बद्ध प्रगतिशील पेशागत कानून व्यसायी संगठन (पिपिएलए)को दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अमेरिकाबाट न्यायाधीश ईश्वर खतिवडाले फुल बेन्चलाई पठाएका इमेलले नै एमाले र केपी ओली सिध्याउन संविधानबाहिर गएर फैसला गरेको पुष्टि गरिसकेको दावी गरे ।



    ओलीले भने–‘पाँच जनाको बेन्च बन्छ, दुई जनाले अरु दुई जना अमूक न्यायाधीश राख्ने हो भने हामी बस्दैनौं भनेर छुट्टै आदेश लेख्नुहुन्छ । अमेरिकबाट पठाएको इमेल पढेका साथीहरु (न्यायाधीश)त यहाँ छैनन् होला र राम्ररी जानकारी राख्ने साथीहरु त छन् । एमाले नढाली नहुने थियो, केपी ओलीलाई नहटाई नहुने थियो । संविधानले हटाउन दिन्नथियो । न्यायधाीशले घरबाटै फैसला लेखेर लैजानुभएको थियो । फैसला पूर्व निर्धारित थियो । इमेलले भन्छ त्यो फैसला पूर्वनिर्धारित थियो । न्यायाधीशहरु निमित्त पात्र हुन् ।’

    संसदले निर्वाचित गर्नु पर्नेमा अदालतबाटै प्रधानमन्त्री तोकेर पठाइएकोप्रति कटाक्ष गर्दै अध्यक्ष ओलीले राष्ट्रपतिले नियुक्त गर्ने प्रधानमन्त्री कानून विपरित सर्वोच्च अदालतले नै नियुक्त गरेर पठाएको बताए ।

    एमालेलाई कुनै न्यायाधीशसँग सरोकार नरहेको प्रष्ट पार्दै उनले उनले बार एशोसियसनका केही पदाधिकारी र वकिलहरुले तिघ्रा ठटाएका भरमा न्यायाधीश इजलासमा बस्ने र नबस्ने निर्णय भएको समेत बताए ।

    प्रधानन्यायाधीससहित सबै न्यायाधीशको सेटिङमा असार २८ को फैसला आएको दावी गर्दै उनले उक्त फैसलाले मुलुकको राष्ट्रिय राजनीतिलाई परमादेशी राजनीति र जनादेशी राजनीतिमा विभाजित गरेको समेत बताए ।

    अध्यक्ष ओलीले एमालेले अनुशासन उल्लंघन गर्ने र फ्लोर क्रस गर्ने सांसदहरुलाई कारवाही गरेर पठाउँदा सर्वोच्च अदालतले एमालेको दशौं महाधिवेशन आयोजक समिति कानूनले नचिन्ने फैसला गरेको बताए । उनले भने–‘कानूनको दफाको परिभाषा र कानून पनि नहेरी जहाँनेर एमालेविरुद्ध फैसला गर्नुपरेको छ । घरबाटै ल्याएको फैसला पढेर सुनाइएको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार