Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • कांग्रेस र एमालेको छलफल निष्कर्षविहीन टुंगियो

    कांग्रेस र एमालेको छलफल निष्कर्षविहीन टुंगियो

    अनलाइन नेपाल
  • शनिबार, १४ फाल्गुन २०७८
  • 795
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस र कपा एमालेका दोस्रो तहका नेताहरुबीच शनिबार भएको छलफल पनि विना निष्कर्ष सकिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निजी निवासमा भएको भेटवार्तामा एमालेले पुरानै अडान दोहोर्‍याएपछि सहमति जुट्न नसकेको हो ।

    बालकोट बैठकमा दुवै दलका नेताहरू आआफ्नै अडान नछाडेपछि ठोस निर्णय नभएको हो । बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले कुनै निर्णय नगरेको र छलफल जारी रहने बताए ।



    शनिबारको बैठकमा संसद्‌मा जारी अवरोध हटाउने विषयमा केन्द्रित रहेको कार्कीले जानकारी दिए। तर, अवरोध हटाउने विषयमा एमाले नेताहरुले पुरानै सर्त दोहोर्‍याएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा आफैं जाने कार्यक्रम भए पनि देउवा भने छलफलमा अनुपस्थित थिए ।



    छलफलमा काँग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल छलफलमा सहभागी रहेका छन् ।

    सत्ता गठबन्धनमा एमसीसीका विषयमा मतभेद भएपछि प्रधानमन्त्री देउवा विपक्षी दलसँगको सहकार्यको प्रयासमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार