Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एमसीसी सम्झाैताकाे पक्षमा उभिने जसपाको निर्णय

    एमसीसी सम्झाैताकाे पक्षमा उभिने जसपाको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, १५ फाल्गुन २०७८
  • 813
    SHARES

    काठमाडौं। सत्ता साझेधार दल जनता समाजवादी पार्टी (जसपा)ले अमेरिकी सहयाेग परियोजना एमसीसीसँगको सम्झाैताकाे पक्षमा उभिने निर्णय गरेको छ।

    आइतबार जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई सहभागी बैठकले एमसीसीको पक्षमा उभिने निर्णय गरेको हो।



    यसअघि जसपा कार्यकारिणी समिति बैठकले एमसीसीका विषयमा निर्णय गर्न नसक्दा शीर्ष नेतालाई जिम्मा दिएको थियो। आजको निर्णयपछि अब एमसीसीको पक्षमा जसपाका १९ सांसद नै उभिने छन्।



    यसअघि पार्टी अध्यक्ष उपेन्द्र एमसीसीको विपक्षमा थिए भने संघीय परिषद अध्यक्ष भट्टराईले सुरुदेखि नै एमसीसीको पक्षमा वकालत गर्दै आएका छन्।

    यस्तै, सत्ता साझेधार अर्को दल नेकपा माओवादी केन्द्रले पनि एमसीसीको पक्षमा निर्णय अग्रेको छ।  माओवादीले एमसीसीलाई व्याख्त्मक बाटोबाट अनुमोदन गर्ने निर्णय गरेको छ।  माओवदीको निर्णयसँगै गठबन्धनले पनि सोही निर्णयलाई पारित गरेको छ।

    अहिले संसद बैठक बस्ने तयारी भइरहेको छ। बैठकले एमसीसी पारित गर्ने बुझिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार