Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रासायनिक मल आपूर्तिका लागि नेपाल र भारतबीच ‘जीटूजी’ सम्झौता

    रासायनिक मल आपूर्तिका लागि नेपाल र भारतबीच ‘जीटूजी’ सम्झौता

    अनलाइन नेपाल
  • सोमबार, १६ फाल्गुन २०७८
  • 918
    SHARES

    काठमाडौं । छिमेकी मुलुक भारत र नेपालबीच ‘जीटूजी व्यस्थामार्फत युरिया र डिएपी मल’ आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

    सोमबार नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच दुई पक्षबीच समझदारी पत्रमा भएको हस्ताक्षर आदानप्रदान भएको हो।



    जसमा भारतको तर्फबाट भारत सरकार रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।



    सो समारोहमा सम्बन्धित मन्त्रालय र भारतीय तथा नेपाली दूतावासका अधिकारीहरुको पनि सहभागिता थियो ।

    हस्ताक्षर समारोहमा बोल्दै सचिवराजेश कुमार चतुर्वेदीले भारत र नेपालबीचको निकट एवम् बहुपक्षीय सम्बन्धको चर्चा गरे। साथै उनले दुई पक्षबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पु¥याई कृषिको क्षेत्रमा भएको द्विपक्षीय सहकार्यलाई थप अघि बढाउने अपेक्षा गरे ।

    दुई पक्षबीच भएको यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई सम्बोधन गर्नुका साथै कृषि उत्पादनमा वृद्धि ल्याई नेपाली किसानलाई लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार