Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आजबाट ७० लागे माधव

    माधव नेपालको नेतृत्वमा काम गर्न पाउँदा अत्यन्तै सौभाग्यशाली छु: मन्त्री झाँक्री

    माधव नेपालको नेतृत्वमा काम गर्न पाउँदा अत्यन्तै सौभाग्यशाली छु: मन्त्री झाँक्री

    'जन्मदिनको धेरै धेरै शुभकामना प्रिय कमरेड, तपाईंको यो अद्भुत दिन अरू धेरै मनाउन पाउँ'

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 2K
    SHARES

    काठमाडौँ । सहरी विकासमन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामुकमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा काम गर्न पाउँदा आफू अत्यन्तै सौभाग्यशाली रहेको बताएकी छिन्।

    सोमबार ७० औं जन्मदिन मनाईरहेका अध्यक्ष नेपाललाई जन्मदिनको शुभकामना व्यक्त गर्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन्। साथै, मन्त्री झाँक्रीले आगामी दिनहरुमा पनि नेपाल नेतृत्वमा आफूलाई खुशी मिल्ने बताएकी छन्।



    ‘प्रिय कमरेड, तपाई जस्तो महान् र अद्भूत नेताको नेतृत्वमा काम गर्ने अवसर पाउँदा म अत्यन्तै सौभाग्यशाली छु । तपाईंको यो अद्भुत जन्मदिन अरू धेरै मनाउन पाउँ, तपाईंको प्रयासहरूमा उत्तम कामना गर्दछु। जन्मदिनको धेरै धेरै शुभकामना प्रिय कमरेड,’ झाँक्रीले लेखेकी छन्।



    रौतहटको गौरमा जन्मिएका नेपाल आजबाट ६९ बर्ष पुरा भइ ७० बर्षमा प्रवेश गरेका छन् । नेपालको जन्म वि.सं. २००९ फागुन २३ गते गौरमा एक उच्च ब्रामण कुलमा भएको थियो।

    पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल हाल भने काठमाडौँको कोटेश्वरमा बस्दै आएका छन् । ७० औं जन्मदिनको अवसरमा उनलाई नेता/कार्यकर्ताले बधाई तथा शुभकामना दिइरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार