Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • रुसद्वारा युक्रेनका नयाँ तीन सहरमा आक्रमण

    रुसद्वारा युक्रेनका नयाँ तीन सहरमा आक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । शुक्रवार रुसी सेनाले युक्रेनको दुई फरक दिशामा रहेका सहरमा आक्रमण गरेको विवरणहरू आएका छन्।

    युक्रेनी टीभी र सञ्चारमाध्यमहरूले उत्तर-पश्चिममा रहेको लुट्स र मध्य-पूर्वमा रहेको नीप्रो सहरमा विस्फोटहरू भएको बताएका हुन्।



    यी दुवै सहरमा यसअघि आक्रमण भएको थिएन। लुट्समा गरिएको आक्रमणमा त्यहाँको वायुसेनाको विमानस्थल र लडाकु विमान मर्मत गर्ने कारखानामा भएको बताइएको छ।



    लुट्सका नगरप्रमुखले विस्फोट भएको पुष्टि गर्दै सबैलाई सुरक्षित स्थानमा बस्न फेसबुकमा लेखेका छन् । उनले नागरिकलाई आफ्नो तस्बिर, ठेगाना र अन्य विवरण प्रकाशन नगर्न अनुरोध गरेका छन्।

    यस्तै, अर्को शहर नीप्रोका तीन स्थानमा विस्फोट भएको बताइएको छ। रुसी रक्षा मन्त्रालयले लुट्स र अर्को पश्चिमी सहर इभानो-फ्रान्किभिस्कमाथि आक्रमण गरेको पुष्टि गरेको रुसी समाचार माध्यमले जनाएको बीबीसीले उल्लेख गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार