Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपाल र साउदी अरबबीच ‘जनरल को अप्रेसन एग्रिमेन्ट’मा हस्ताक्षर

    नेपाल र साउदी अरबबीच ‘जनरल को अप्रेसन एग्रिमेन्ट’मा हस्ताक्षर

    अनलाइन नेपाल
  • मंगलबार, १ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल र साउदी अरवबीच जनरल कोअप्रेसन एग्रिमेन्ट (सहयोग सम्झैता)मा हस्ताक्षर भएको छ ।

    मंगलबार विहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरव परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।



    सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशीमन्त्री फैसल विन फरहान अल साउदले हस्ताक्षर गरेका छन् ।



    दुई दिने नेपाल भ्रमणको सिलसिलामा साउदी अरबका विदेशमन्त्री तथा साउदी राजकुमार साउद सोमबार काठमाडौं आइपुगेका हुन् ।

    उनले आज नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार