Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • माओवादी केन्द्र चितवनको इन्चार्जमा रेनु दाहाल, अधिकारीले पाए संयोजकको जिम्मेवारी

    माओवादी केन्द्र चितवनको इन्चार्जमा रेनु दाहाल, अधिकारीले पाए संयोजकको जिम्मेवारी

    अनलाइन नेपाल
  • बिहिबार, ३ चैत्र २०७८
  • 1.1K
    SHARES

    चितवन । नेकपा माओवादी केन्द्रले चितवन जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य एवं भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई दिइएको छ।

    बिहीबार माओवादी केन्द्रको बागमती प्रदेश समितिले दाहाललाई इन्चार्जको जिम्मेवारी दिइएको हो ।



    यस्तै, चितवन जिल्ला संयोजकको जिम्मा भने रामचन्द्र अधिकारी (आरसी)ले पाएका छन्। अधिकारी पूर्व विद्यार्थी नेता हुन्। उनी विगतमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी ) का केन्द्रीय उपाध्यक्ष थिए।



    माओवादी केन्द्रको आठौं महाधिवेशनपछि जिल्ला इन्चार्जहरु तोकिएका थिएनन् । हालै बसेको केन्द्रीय समितिको बैठकले आफ्नो प्रदेशभित्रका जिल्ला इन्चार्ज तोक्ने अधिकार प्रदेश समितिलाई दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार