Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने

    स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने

    अनलाइन नेपाल
  • बिहिबार, ३ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ का लागि तोकिएको छ । यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरु पनि उम्मेदवारका दावेदार छन् ।

    त्यसका लागि जनप्रतिनिधिले उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने भएको छ । तर, हाल वहाल रहेका जनप्रतिनिधिले उम्मेदवारी मनोनयन दर्ता गर्नु अघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने गरी निर्वाचन आयोगले आचारसंहिता बनाएको छ ।



    ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेका निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नुअघि नै वहाल रहेको पदबाट राजीनामा दिनुपर्नेछ,’ राजपत्रमा प्रकाशित निर्वाचन आचार संहितको दफा ३६ मा भनिएको छ।



    हेर्नुहोस् निर्वाचन आचारसंहिता:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार