Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • वसन्तपुरमा होलीको रौनक: ज्येष्ठ नागरिकदेखि बालबालिकासम्म (फोटोफिचर)

    वसन्तपुरमा होलीको रौनक: ज्येष्ठ नागरिकदेखि बालबालिकासम्म (फोटोफिचर)

    अनलाइन नेपाल
  • बिहिबार, ३ चैत्र २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । कोरोना महामारीका कारण विगत दुई वर्षसम्म होली पर्व मनाउन नपाएका आम नागरिकले यस वर्ष भने उत्साहपूर्वक यस चाड मनाएका छन् ।

    विश्वसम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा अवस्थित वसन्तपुर यस वषको होलीमा भने खाचाखच भरिएको छ । यहाँ होली खेल्नका लागि युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकाको पनि उत्तिकै उत्साहजनक सहभागिता छ ।



    उनीहरूले एकअर्कालाई विभिन्न रङ लगाएर आत्मीयता साटासाट गरी पर्व मनाएका छन् । वसन्तपुरमा मात्रै होइन सहरका विभिन्न स्थानमा यसैगरी मानिसको सामूहिक सहभागितामा उत्साहपूर्वक पर्व मनाएका छन् ।



    दुर्घटनारहित बनाउने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेसँगै मर्यादितरुपमा पर्व मनाइएको छ । होलीका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

    (तस्बिर स्रोत: रासस)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार