Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • डीआइजी अर्यालले दिए एआईजी बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी

    डीआइजी अर्यालले दिए एआईजी बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी

    अनलाइन नेपाल
  • आइतबार, ६ चैत्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । एआइजी वढुवामा असहमति जनाउँदै एक डीआइजीले लोकसेवा आयोगमा उजुरी दिएका छन् ।  नेपाल प्रहरीका ३ डीआइजीलाई एआइजी बढुवा सिफारिस गर्ने निर्णयबिरुद्ध ती डिआइजीले लोकसेवा आयोगमा उजुरी दिएका छन् ।

    बरिष्ठताको आधारमा बढुवा नगरिएको उल्लेख गर्दै डीआइजी घनश्याम अर्यालले बढुवा बिरुद्धको सुनुवाई सचिवालयमा उजुरी दिएका छन् ।



    गएको चैत १ गते गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डीआइजीहरु वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआइजी बढुवाका लागि सिफारिस गरेको थियो । बरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेका अर्यालले आफूमाथि अन्याय भएको भन्दै लोकसेवा आयोगमा उजुरी दिएका हुन् ।



    बरिष्ठताका आधारमा घनश्याम अर्याल, इश्वरबाबु कार्र्की, प्रकाशजंग कार्कीको सिफारिस नगरी उनीहरुभन्दा जुनियरहरुको सिफारिस गरिएकोमा प्रहरीमा असन्तुष्टि छाएको छ ।
    अर्यालले सिफारिसमा परेका डीआइजीभन्दा आफु बरिष्ट भएकाले बढुवा बदर गर्न माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार