Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जनकपुर-जयनगर रेल सञ्चालनको बाटो खुल्यो, राष्ट्रपति भण्डारीद्धारा रेल्वे अध्यादेश जारी

    जनकपुर-जयनगर रेल सञ्चालनको बाटो खुल्यो, राष्ट्रपति भण्डारीद्धारा रेल्वे अध्यादेश जारी

    अनलाइन नेपाल
  • मंगलबार, ८ चैत्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार रेल्वे अध्यादेश जारी गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले तेस्रोपटक रेल्वे अध्यादेश जारी गरेकी हुन् ।

    नेपालको संविधान धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा रेल्वे अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । नेपालमा रेल सञ्चालन र कर्मचारी नियुक्ति सम्बन्धी व्यवस्था सहितको अध्यादेश जारी भएको छ ।



    सरकारले गत मंसिरमा पनि रेल्वे अध्यादेश जारी गरेको थियो । त्यसबेला जारी गरेको अध्यादेश संसदमा जान नसकेर फेल भएको थियो ।



    त्यसअघि सरकारले २०७८ वैशाखमा पनि रेल्वे अध्यादेश जारी गरेको थियो । त्यसबेला पनि संसद अधिवेशन शुरू नभएको र जारी भएको ६० दिनमा संसदमा पेश हुन नसकेका कारण अध्यादेश निष्क्रिय भएको थियो ।

    जनकपुर–जयनगर रेल सञ्चालनको टुंगो नभए पनि सरकारले अध्यादेश ल्याएर कानूनी आधार तयार गरेको छ । अध्यादेश जारी भएसँगै जनकपुर-जयनगर रेल सञ्चालनमा आउने भएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार