Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • शान्तिसुरक्षामा सशस्त्र प्रहरी अब्बल : गृहमन्त्री खाँण

    शान्तिसुरक्षामा सशस्त्र प्रहरी अब्बल : गृहमन्त्री खाँण

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    कपिलवस्तु । गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरीको स्थापनापछि नेपालमा शान्तिसुरक्षा कायम भएको बताएका छन् ।

    देशको सुरक्षाका लागि सशस्त्र प्रहरी अब्बल रहेको जनाउँदै कोभिडको समयमा सशस्त्र प्रहरीले गरेको कामप्रति उच्च मूल्याङ्कन गरिएको बताए ।



    कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा सशस्त्र प्रहरीबल नेपाल नं ५ विन्ध्यावासिनी वाहिनी मुख्यालयको उद्घाटन गर्दै खाँणले सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा व्यवस्थापनका लागि सरकारले तयारी गरिरहेको बताए । सशस्त्र प्रहरीको अवकाशपछि पनि आत्मनिर्भर बनाउनका लागि सरकारले योजना ल्याउने तयारी गरेको उनले जानकारी गराए ।



    मन्त्री खाँणले स्थानीय तहको निर्वाचन नजिकिँदै गएकाले निर्वाचनलाई सभ्य रुपमा सम्पन्न गर्न भएकाले यसमा सुरक्षाकर्मीको भूमिका उल्लेखनीय हुने बताए ।

    कूल ५० बिघा क्षेत्रफलमा फैलिएको मुख्यालयले लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका युनिट रहेको छ । विसं २०५७ देखि सञ्चालन भएको गणको २०७५ साल भदौ ६ गते स्तरोन्नति भई वाहिनीका रुपमा स्थापना गरिएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार