Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • १३ किलो चाँदीका गरगहनासहित ४ जना पक्राउ

    १३ किलो चाँदीका गरगहनासहित ४ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १४ चैत्र २०७८
  • 1.2K
    SHARES

    मोरङ । मोरङ प्रहरीले १३ किलो चाँदीका गरगहना लुटपाट गरेर फरार भएका ४ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा झपाको दमकका २४ वर्षीय सविन बिक, सुनसरीको इटहरीका २४ वर्षीय बादल बिक, महोत्तरीको बर्दिबासका २४ वर्षीय मनोज ठाकुर उदयपुरको रौतामाईका विशाल बिक रहेका छन् ।



    चैत ८ गते उनीहरुले झापाको दमक नगरपालिका वडा नम्बर १ मा रहेको पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारी ओम कालिकोटले बोकेको गरगहना लुटपाट गरेको प्रहरीले जनाएको छ ।



    पूर्वबाट पश्चिमतर्फ आइरहेको अवस्थामा मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ वेतनास्थित सडक खण्डमा उनीहरु उक्त चाँदीका गरगहना लुटी फरार भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार