Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • विराटनगरबाट ५४ तोला अवैध सुनसहित तीनजना पक्राउ

    विराटनगरबाट ५४ तोला अवैध सुनसहित तीनजना पक्राउ

    आठ केजी चाँदी, नगद भारु पनि बरामद

    अनलाइन नेपाल
  • शनिबार, २३ बैशाख २०८०
  • 597
    SHARES

    मोरङ । मोरङमा ५४ तोला सुन, आठ केजी चाँदी र सात लाख ९५ हजार २८९ भारतीय रुपैयाँसहित तीनजना पक्राउ परेका छन् ।

    कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय नागरिक ६१ वर्षीय विनोद मुरारका, उनकी श्रीमती ५६ वर्षीया पुष्पा र भ्यान चालक विराटनगर महानगरपालिका–२ का ५२ वर्षीय विमल कामत पक्राउ परेका हुन् ।



    बरामद सुनचाँदीको बजार मूल्य ९० लाख रुपैयाँ हुने प्रहरीको अनुमान छ ।



    को२च १४९५ नम्बरको इको भ्यानमा सवार भई ल्याइँदै गरेको अवस्थामा शुक्रबार प्रहरीले सुनचाँदी र नगद बरामद गरेको थियो । थप अनुसन्धानका लागि उक्त सामान जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार