Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • डोटी प्रहरीले बरामद गरेको १ किलो बढी सुनबारे हेडक्वाटरको स्पष्टोक्ति – सबै भारतमा बुझाइयो

    डोटी प्रहरीले बरामद गरेको १ किलो बढी सुनबारे हेडक्वाटरको स्पष्टोक्ति – सबै भारतमा बुझाइयो

    अनलाइन नेपाल
  • मंगलबार, १ भाद्र २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    डोटी। नेपाल प्रहरीले डोटीमा बरामद भएको सुन र नगद रकम कानूनीरुपमा सबै प्रक्रिया पुर्याएर भारतीय प्रहरीमा बुझाएको स्पष्ट पारेको छ ।

    भारतमा चोरी गरी ल्याइएको एक किलोभन्दा बढी सुन र रु १० लाख नगद रकम डोटी प्रहरीले बरामद गरेको घटनाका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले आज एक विज्ञप्तिमार्फत विधि र प्रक्रिया अबलम्वन गरी भारतमा बुझाइएको जनाएको छ ।



    ‘उक्त बरामद सुन र नगद डोटी प्रहरीले प्रहरी प्रधान कार्यालय र भारतीय दूतावासका प्रतिनिधिको समन्वय र रोहवरमा कूटनीतिक कार्यविधि र प्रक्रिया पूरा गरी इन्टरपोल शाखामार्फत पीडितको अक्तियारनामा लिई कानूनबमोजिम आवश्यक कारबाहीका लागि दिल्लीको नेशनल सेन्ट्रल ब्यूरोका अधिकारिक प्रतिनिधिलाई जिम्मा लगाएको ब्यहोरा जानकारी गराइन्छ’, प्रहरी प्रधान कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



    विज्ञप्तिमार्फत प्रहरीले नेपाल प्रहरीको शाख र छविमा आँच पुर्याउने किसिमका गतिविधिको भ्रममा नपर्न पनि अनुरोध गरेको छ ।

    केही महिनाअघि प्रहरीले डोटीबाट नगद रु १० लाख र एक हजार १०० ग्राम सुन बरामद गरेकोे थियो । उक्त सुन र नगद भारतबाट चोरी गरी ल्याइएको र स्वयं पीडितपक्ष नै प्रमाणसहित नेपाल आएपछि कूटनीतिक माध्यमबाट कानूनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि सुन र नगद भारतको प्रहरी अधिकारीलाई बुझाइएको प्रहरी प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार