Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

    भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

    अनलाइन नेपाल
  • शनिबार, १९ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेबरहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका छन् ।

    प्रधामन्त्री देउवाले संयुक्त पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका हुन् ।



    उच्च स्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई झन बलियो बनाउने भएका हुनाले भ्रमणहरु भइरहनु पर्ने प्रधानमन्त्री देउवाले बताए ।



    नेपाल र भारतबीच चार वटा सम्झौतामा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमणका क्रममा आज चार वटा सम्झौतामा हस्ताक्षर भएको हो।

    उक्त चार वटा सम्झौतामा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति तथा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदान छन्।

    यस्तै, भारतको जयनगर र नेपालको कुर्था जोड्ने रेलवे लाइनको उद्घाटन, सोलु करिडोरको प्रसारण लाइन र ‘रुपे’ डिजिटल कार्ड सेवाको सुभारम्भ गरेका छन् ।

    नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट बटन थिचेर रेलवेको भर्चुअल उद्घाटन गरेका हुन्। दुबै प्रधानमन्त्रीले अन्तरदेशीय रेलवेका लागि हरियो झन्डा पनि फहराएका थिए। दुई प्रधानमन्त्रीले झन्डा फहराएपछि जयनगरबाट रेल चलेको थियो।

    त्यस्तै प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले १३२ केभीको ९० किलोमिटर लामो प्रसारण लाइनको उद्घाटन गरेका छन् । सोलु करिडोर विद्युत् प्रसारण लाइन सोलुखुम्बुमा उत्पादित जलविद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न भारतको निर्यात आयात बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा बनाइएको हो ।

    सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिन्लास्थित सबस्टेसनसम्म ३ सय २ वटा टावरसहित सोलु करिडोर १३२ केभी प्रसारण लाइन निर्माण गरिएको हो ।

    त्यस्तै भारत सरकारले चलनमा ल्याएको ‘रुपे’ डिजिटल कार्ड नेपालमा प्रयोगको शुभारम्भ भएको छ । भारतको ‘नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)’ मा आबद्ध भएको ‘रुपे’ भारत आफैंले विकास गरेको हो ।

    ‘भिसा’ र ‘मास्टर कार्ड’ जस्तै उक्त कार्ड भारतका बैंकहरूले चलाउन थालेका छन् । त्यस कार्डलाई अब नेपालको बैंकसँग पनि जोड्न सकिने भएको छ  । ‘रुपे’ कार्डबाट नेपालमा पनि भुक्तानीको सुविधा पाइनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार