Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • मोदीले भने–पञ्चेश्वरलाई तीव्र गतिमा अगाडि बढाउन सहमत भयौं

    मोदीले भने–पञ्चेश्वरलाई तीव्र गतिमा अगाडि बढाउन सहमत भयौं

    अनलाइन नेपाल
  • शनिबार, १९ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अघि बढाउन नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग सहमति भएको बताएका छन् ।

    भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा भएको भेटवार्ता सहमति भएको मोदीले बताएका हुन् । देउवा र मोदीबीचको भेटवार्तापछि प्रतिनिधिमण्डल स्तरमा छलफल हुनुका साथै चार समझदारीमा हस्ताक्षर भएको छ ।



    त्यसपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले नेपालका प्रधानमन्त्री देउवा र आफ्नो बीचमा आपसी सहयोग, विकास परियोजनाहरुको अहिलेसम्मको समीक्षा र भविष्यको रुपरेखाबारे पनि छलफल भएको बताए ।



    उनले भने–‘पावर सेक्टरमा सहयोगको अवसरको लाभ लिनुपर्छ भन्नेमा हामी सहमत भएका छौं । पञ्चेश्वर तीव्र गतिमा अगाडि बढाउन जोड दियौं । यो क्षेत्रको विकासका लागि गेम चेन्जर परियोजना हुनेछ ।’

    उनका अनुसार नेपालको जलविद्युत क्षेत्रमा भारतीय कम्पनीको अधिक सहभागिताका लागि सहमति भएको छ । अहिले पनि नेपालले भारतमा विद्युत निर्यात गरिरहेको भन्दै उनले भने–‘नेपालबाट पावर ल्याउने अरु प्रोग्रामलाई स्वीकार गर्दैछौं ।’

    प्रधानमन्त्री देउवा र आफूले व्यापार र सबै प्रकारका क्रस बोर्ड कनेक्टिभिटीलाई प्रथमिकता दिने सहमति गरेको उनले बताए । उनले भने–‘ओपन बोर्डरको दुरुपयोग नहोस् भनेर छलफल गरौं । सुरक्षा सहयोगमा जोड दिएका छौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार