Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सीमा समस्याबारे द्विपक्षीय संयन्त्रमार्फत समाधान खोज्न प्रधानमन्त्री मोदीसमक्ष प्रस्ताव गरेको छु : देउवा

    सीमा समस्याबारे द्विपक्षीय संयन्त्रमार्फत समाधान खोज्न प्रधानमन्त्री मोदीसमक्ष प्रस्ताव गरेको छु : देउवा

    थप तीन वटा हवाई रुट उपलब्ध गराउन माग

    अनलाइन नेपाल
  • शनिबार, १९ चैत्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको भेटमा सीमा समस्याबारे छलफल गरेको बताएका छन् ।

    मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सीमा समस्या बारे छलफल भएको बताए ।



    उनले भने–‘हामीले सीमा समस्याबारे छलफल गरेका छौं । र, मैले यसलाई द्विपक्षीय संयन्त्रहरुमार्फत समाधान गर्न प्रस्ताव गरेको छु ।’



    त्यसैगरी प्रधानमन्त्री देउवाले भारतसमक्ष थप तीन वटा हवाई रुट उपलब्ध गराउन माग गरेका छन् । उनले भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषयमा कुराकानी भएको बताए ।

    पत्रकार सम्मेलनमा देउवाले भने–‘हामीले नागरिक उड्डयनको विषयमा पनि छलफल गरेका छौं । हामीले नेपालको आग्रहअनुसारको नेपाल प्रवेशको थप हवाईमार्ग माग गरेका छौं । महेन्द्रगन्ज, नेपालगन्ज र जनकपुरबाट माग गरेका छौं । भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि सहयोगका लागि आग्रह गरेका छौं ।’

    भारतीय प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री देउवा र आफ्नो बीचमा आपसी सहयोग, विकास परियोजनाहरुको अहिलेसम्मको समीक्षा र भविष्यको रुपरेखाबारे पनि छलफल भएको बताए ।

    उनले भने–‘पावर सेक्टरमा सहयोगको अवसरको लाभ लिनुपर्छ भन्नेमा हामी सहमत भएका छौं । पञ्चेश्वर तीव्र गतिमा अगाडि बढाउन जोड दियौं । यो क्षेत्रको विकासका लागि गेम चेन्जर परियोजना हुनेछ ।’

    प्रधानमन्त्री देउवा र आफूले व्यापार र सबै प्रकारका क्रस बोर्ड कनेक्टिभिटीलाई प्रथमिकता दिने सहमति गरेको उनले बताए । उनले भने–‘ओपन बोर्डरको दुरुपयोग नहोस् भनेर छलफल गरौं । सुरक्षा सहयोगमा जोड दिएका छौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार