Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • श्रीलंकाका गभर्नरले पनि दिए राजीनामा

    श्रीलंकाका गभर्नरले पनि दिए राजीनामा

    अनलाइन नेपाल
  • सोमबार, २१ चैत्र २०७८
  • 975
    SHARES

    एजेन्सी । श्रीलंकाका गभर्नरले पनि राजीनामा दिएका छन् । केन्द्रीय बैंकका गभर्नर अजिथ निभार्ड कबरालले ट्वीटरमार्फत् पदबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

    आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा २६ मन्त्रीहरुले सामूहिक राजीनामा दिएपछि आफूले पनि राष्ट्रपति समक्ष राजीनामा बुझाएको कबरालले बताए ।



    चरम आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरुको आक्रोश बढ्दो छ । सरकारविरुद्ध सडकमा प्रदर्शन हुन थालेपछि र लुटपाटका घटना बढेपछि देशभर कर्फ्यु लगाइएको छ ।



    प्रदर्शन रोक्ने प्रयासमा सडकमा सेना परिचालन गरिएको छ । कर्फ्युसमेत उल्लंघन गर्दै नागरिकहरु प्रदर्शनमा उत्रिएलगत्तै प्रधानमन्त्रीबाहेक सरकारका सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार