Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कंगोमा विद्रोहीले आक्रमण गर्दा मृत्यु हुने नेपाली सैनिकको पहिचान खुल्यो

    कंगोमा विद्रोहीले आक्रमण गर्दा मृत्यु हुने नेपाली सैनिकको पहिचान खुल्यो

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाली सेनाले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा अफ्रिकी राष्ट्र कंगोमा खटिएका एक जना नेपाली सेनाको मृत्यु भएको पुष्टी गरेको छ ।

    मृत्यु हुने नेपाली शान्ति सैनिकमा सुर्खेतको गुर्माकोट–१४ निवासी सिपाही अनिल गुरुङ रहेका छन् ।



    उनको उपचारको क्रममा मंगलबार मृत्यु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी जनाएको हाे ।



    अपरेसन ‘बाली’को दौरान मंगलबार विद्रोहीले अज्ञात स्थानबाट अचानक चलाएको गोली लागी गुरुङ घाइते भएका थिए ।

    घाइते नेपाली शान्ति सैनिकलाई हेलिकप्टरमार्फत उपचारको लागि बुनियाँस्थित लेबल–२ अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार