Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • धनुषा हत्या प्रकरण : हत्या गरेको आरोपमा एकजना पक्राउ

    धनुषा हत्या प्रकरण : हत्या गरेको आरोपमा एकजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । धनुषा प्रहरीले हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

    हंसपुर नगरपालिका ७ का १८ वर्षीय विजय महराको हत्या आरोपमा सोही वडा नौवाखोरका २० वर्षीय मनोज महरा पक्राउ परेका हुन् ।



    मंगलबार राति विजयको शव गहुँ खेतबाट बरामद गरिएको थियो । उनको शरीरमा गोली लागेको र चक्कु प्रहार भएको देखेपछि प्रहरीले अनुसन्धान तीव्र पारेको थियो ।



    शव भेटिएको ठाउँबाट प्रहरीले चस्मा र सर्ट बरामद गरेको छ । घटनामा संलग्न अन्य दुई जना फरार छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार