Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • विवरण बुझाउन विद्यालयको अटेरी, अधिकांश निजी विद्यालय

    विवरण बुझाउन विद्यालयको अटेरी, अधिकांश निजी विद्यालय

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विद्यालयले सरकारलाई प्रत्येक वर्ष अनिवार्य रूपमा बुझाउनुपर्ने विवरण बुझाउने गरेका छैनन् । यसरी अटेर गर्ने विद्यालयलाई नियमन गर्ने निकायले मौखिक स्पष्टीकरणसम्म सोध्ने गरेको छैन ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता (सहसचिव) डिल्लीराम लुइँटेलले विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने भए पनि सबैले नबुझाउने गरेको बताउँदै भने, “करिब २० प्रतिशत विद्यालयले विवरण पठाउँदैनन् ।”



    नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिनाभित्र विद्यालयले एकीकृत सूचना व्यवस्थापन प्रणाली (आईईएमआईएस) मार्फत विवरण बुझाइसक्नुपर्ने नियम छ । विद्यालयले अनलाइनमार्फत इन्ट्री गरेपछि केन्द्रले पासवर्ड उपलब्ध गराउने गरेको छ ।



    पासवर्ड प्राप्त गरेपछि विद्यालयले विद्यार्थी सङ्ख्या, शिक्षक सङ्ख्या, आम्दानी रकम, खर्च रकम, भौतिक पूर्वाधारलगायतबारे विस्तृत विवरण उपलब्ध गराउनुपर्ने हुन्छ ।

    कुनै विद्यार्थी वा शिक्षकले विद्यालय छाडेमा पनि तत्काल सोको जानकारी अनलाइनमार्फत दिनुपर्ने हुन्छ । उनले अटेर गर्नेमा अधिकांश निजी विद्यालय भएको बताए । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार