Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सीवाईसी नेपाल लघुवित्तको आईपीओ आजबाट बिक्री खुला, कति दिने आवेदन ?

    सीवाईसी नेपाल लघुवित्तको आईपीओ आजबाट बिक्री खुला, कति दिने आवेदन ?

    अनलाइन नेपाल
  • शुक्रबार, २ बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ बिक्री आजबाट खुला भएको छ ।

    लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा तीन करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँबराबरको दुई लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८७४ रुपैयाँको ३२.५ प्रतिशतले साधारण सेयर बिक्री गर्नेछ ।



    निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् ६ हजार हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । ५ प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता सेयर सामुहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको तीन लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।



    कम्पनीको आईपीओमा छिटोमा वैशाख ६ गते र ढिलोमा वैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० र अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार