Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कञ्चनपुर घटनाका दोषीलाई तत्काल कारबाही गर्न महिला आयोगको माग

    कञ्चनपुर घटनाका दोषीलाई तत्काल कारबाही गर्न महिला आयोगको माग

    अनलाइन नेपाल
  • सोमबार, ५ बैशाख २०७९
  • 885
    SHARES

    काठमाडौं । राष्ट्रिय महिला आयोगले कञ्चनपुरको वेदकोट नगरपालिका–६ बस्ने ४२ वर्षीया महिलालाई धामीझाँक्रीहरूले भूतप्रेत, बोक्सी लागेको भन्दै फलामको डन्डा आगोमा तताएर कुटपिट गरी हत्या गर्ने दोषीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ ।

    आयोगले तत्काल घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनबमोजिम कडाभन्दा कडा सजाय र पीडित पक्षलाई न्याय दिन सरकारसँग माग गरेको हो ।



    आयोगका अध्यक्ष कमला पराजुलीले निर्दोष महिलालाई बोक्सी भन्दै चरम यातना दिएर हत्या भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनबमोजिम कडाभन्दा कडा सजाय र पीडित पक्षको न्यायका लागि राज्य, प्रहरी प्रशासन र सबै सरोकारवाला पक्षको ध्यान जानुपर्ने बताइन् ।



    धामीझाँक्रीले रञ्चुला साउदलाई गत चैत ३० गते बेलुका भूतप्रेत, बोक्सी लागेको भन्दै फलामको डन्डा आगोमा तताएर कुटपिट गरी हत्या गरेको खुलेको छ ।

    यस्तै, रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ बस्ने अमृता खत्री टण्डनको शंकास्पद मृत्यु भएको घटनाप्रति पनि आयोगले दोषीलाई कारबाही गर्न माग गरेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार