Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पेट्रोल छर्केर भाउजूको हत्या प्रकरण: महिला आयोगद्वारा स्थलगत अनुगमन

    पेट्रोल छर्केर भाउजूको हत्या प्रकरण: महिला आयोगद्वारा स्थलगत अनुगमन

    अनलाइन नेपाल
  • मंगलबार, २५ माघ २०७८
  • 1.6K
    SHARES

    रामनारायण यादव / सप्तरी, २५ माघ । सप्तरीमा ज्यूँदै महिलालाई आगो लगाएर हत्या गरेको घटनाको राष्ट्रिय महिला आयोगका पदाधिकारीद्वारा स्थलगत अनुगमन गरिएको छ ।

    घटना भएको जानकारी पाएपछि सोमबार आयोगका पदाधिकारीहरुले मृतक महिलाको घर बोदे बर्साईन नगरपालिका वडा नम्बर १ धनगढी आएर स्थलगत जानकारी लिएका हुन् ।



    रबिन कुमार साहकी २७ बर्षीया पत्नी राजकुमारी साहलाई उनको आफ्नै देबर २० बर्षीय प्रमेश्वर साहले शुक्रबार बिहान खाना पकाइ रहेको अवस्थमा पेट्रोल छर्केर आगो लगाएका थिए । जलेर घाइते भएकी उनको उपचारका क्रममा शनिबार राति विराटनगरमा मृत्यु भएको थियो ।



    आयोगकी अध्यक्ष कमला पराजुली नेतृत्वमा आएको टोलीले घटनाबारे मृतकका पति रबिन र परिवारका अन्य व्यक्तिसँग कुराकानी गरेका छन् । अध्यक्ष पराजुलीले घटनाबारे जानकारी लिदैं दोषीलाई कानुन बमोजिम कार्वाही गराउने प्रतिबद्धता ब्यक्त गरिन् ।

    राष्ट्रिय महिला आयोग सदस्य जया घिमिरे, वडा अध्यक्ष धिरेन्द्र कुमार यादव, मानव अधिकारकर्मी रेणु कर्ण लगायतको उपस्थिति रहेको थियो । घटनास्थलको निरीक्षण सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवि नारायण काफ्लेले पनि गरेका छन् ।

    मृतक राजकुमारीका ८ वर्षीय छोरा जितेन्द्र र २ वर्षकी छोरी आरती छन् । लहानको नीजि विद्यालयमा एलकेजी कक्षामा पढदैँ गरेका बालकलाई अहिले आमाको क्रियामा बस्नु परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार