Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न महिला आयोगको माग

    पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न महिला आयोगको माग

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रिय महिला आयोगले आठ वर्षअघि भएको बलात्कारको घटनाका पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न आग्रह गरेको छ ।

    आयोगले आज प्रेस विज्ञप्ति जारी गरी एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरेको घटनालाई लिएर आयोगले उक्त आग्रह गरेको हो ।



    विज्ञप्तिमा भनिएको छ, “सुरक्षा निकायले दोषीलाई कारवाहीको दायरामा समेत ल्याइसकेको छ, घटनाको अनुसन्धान तथा निष्पक्ष छानविन गरी पीडितलाई न्याय प्रदान गर्न तथा पीडकलाई कानूनबमोजिमको कारवाहीका लागि आयोग ध्यानाकर्षण गर्दछ।”



    आयोगले पीडित किशोरीको स्वास्थ्य र सुरक्षाको उचित प्रबन्धका लागिसमेत सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार