Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कैलालीमा कांग्रेसका वडा सभापतिसहित ९१ जनाले दिए सामूहिक राजीनामा

    कैलालीमा कांग्रेसका वडा सभापतिसहित ९१ जनाले दिए सामूहिक राजीनामा

    अनलाइन नेपाल
  • शुक्रबार, ९ बैशाख २०७९
  • 1.1K
    SHARES

    कैलाली । कैलालीमा नेपाली काँग्रेसका वडा सभापतिसहित ९१ जनाले सामूहिक राजीनामा दिएका छन् ।

    स्थानीय तहको निर्वाचनमा कैलालीमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउदै उनीहरुले राजीनामा दिएका हुन्।



    कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर १८ का वडा सभापति भक्तबहादुर थापासहितका क्रियाशिल सदस्यहरुले शुक्रबार नगर सभापति यज्ञराज उपाध्यायलाई सामूहिक राजीनामा दिएका छन्।



    ‘विगत लामो समयदेखि बलियो संगठनका कारण नेपाली कांग्रेसको जित निश्चित भएको हुँदा वडा नम्बर १८ कमिटिका तर्फबाट उम्मेदवार नभएका कारण क्रियाशिल सदस्यबाट राजीनामा दिदै स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेका छौँ,’ राजीनामा पत्रमा उल्लेख गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार