Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कांग्रेसमा उम्मेदवार छान्न सकस, टिकट बाँड्न बन्यो संसदीय बोर्ड

    कांग्रेसमा उम्मेदवार छान्न सकस, टिकट बाँड्न बन्यो संसदीय बोर्ड

    अनलाइन नेपाल
  • सोमबार, १२ बैशाख २०७९
  • 909
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले महानगर पालिका र उपमहानगरपालिकाको मेयर र उपमेयर तय गर्न संसदीय बोर्ड बनाएको छ ।

    कांग्रेसको आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगर र उपमहानगरका मेयर उपमेयर तय गर्न केन्द्रीय संसदीय बोर्ड बनाएको हो ।



    बैठकले महानगरको उम्मेदवार तय गर्न नसकेपछि संसदीय बोर्ड बनाएको वरिष्ठ नेता नेता रामचन्द्र पौडेलले जानकारी दिए । महानगर र उपमहानगरको उम्मेदवार छान्न कांग्रेसले गत शुक्रबारबाट नै प्रयास गर्दै आइरहेको छ ।



    कांग्रेस विधानअनुसार महानगरको टिकट वितरण गर्न संसदीय समिति गठन गर्नुपर्ने व्यवस्था । विधानमा २५ सदस्यीय केन्द्रीय संसदीय समिति गठन गर्ने व्यवस्था छ ।

    केन्द्रीय कार्यसमितिका सभापति केन्द्रीय संसदीय समितिका सभापति र महामन्त्री केन्द्रीय संसदीय समितिको महामन्त्री हुनेछन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी केन्द्रीय संसदीय समितिका पदेन सदस्य हुनेछन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार