Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चीनमा कोरोना संक्रमण फैलिन थालेपछि नागरिकलाई कोभिड परीक्षण गर्न आग्रह

    चीनमा कोरोना संक्रमण फैलिन थालेपछि नागरिकलाई कोभिड परीक्षण गर्न आग्रह

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 1.8K
    SHARES

    एजेन्सी । चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएको छ । सङ्क्रमण बढ्न थालेपछि राजधानी बेइजिङका नागरिकलाई सरकारले कोभिड परीक्षण गर्न आग्रह गरेको छ ।

    बेइजिङका स्थानीयले सार्वजनिक ठाउँमा प्रवेश पाउन सङ्क्रमण नरहेको प्रमाण देखाउनुपर्नेछ । बेइजिङको सबैभन्दा धेरै जनसङ्ख्या भएको चाउयाङ इलाकामा यसअघि नै व्यापक परीक्षण थालिएको छ । बेइजिङको जनसङ्ख्या दुई करोड १० लाख छ ।



    सङ्क्रमण बढ्न थालेपछि पुनः लकडाउन हुन सक्ने आशङ्कामा मानिसहरू अत्यावश्यक सामग्रीको किनमेलमा जुटेका छन् । चीनका ४६ सहरमा अहिले पनि आंशिक वा पूर्ण लकडाउन छ ।



    दुई करोड ५० लाख जनसङ्ख्या भएको शङ्घाई सहरमा कडा लकडाउन छ । त्यहाँ मार्चयता पाँच लाख जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार