Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अज्ञात समूहद्वारा वडाध्यक्ष उम्मेदवारका बुवामाथि धारिलो हतियार प्रहार

    अज्ञात समूहद्वारा वडाध्यक्ष उम्मेदवारका बुवामाथि धारिलो हतियार प्रहार

    अनलाइन नेपाल
  • बिहिबार, २२ बैशाख २०७९
  • 966
    SHARES

    धनुषा । धनुषाको कमला नगरपालिका उम्मेदवारका बुबामाथि अज्ञात समूहले धारिलो हतियार प्रहार गरेका छन् ।

    नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्रनारायण यादवलाई बुधबार राति घरमै धारिलो हतियार भएकाे हाे । धारिलो हतियार प्रहार हुँदा यादव गम्भीर घाइते भएका हुन् ।



    उनको अवस्था चिन्ताजनक रहेको धनुषा प्रहरीले जनाएको छ । वडाध्यक्षका उम्मेदवार यादवले खुकुरी र चक्कुसहित अज्ञात समूह आफूलाई आक्रमण गर्न आएको तर बुवामाथि उनीहरूले आक्रमण गरेको दाबी गरे ।



    घाइते यादवको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको धनुषा प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताए । उनको शरीरमा २० भन्दा बढी ठाउँमा टाँका लागेको छ । ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार