Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मन्त्री आले र महानिर्देशक अधिकारीको मिलेमतोमा गौतम बुद्ध विमानस्थलमा १४ अर्बको चलखेल

    मन्त्री आले र महानिर्देशक अधिकारीको मिलेमतोमा गौतम बुद्ध विमानस्थलमा १४ अर्बको चलखेल

    अनलाइन नेपाल
  • बिहिबार, २२ बैशाख २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा रहेको सिनामंगलस्थित ९१ रोपनी जग्गा व्यावसायिक प्रयोजनका लागि भाडामा दिने नाममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको मिलेमतोमा अर्बौं आर्थिक चलखेल भएको तथ्य बाहिर आइरहेको बेला भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा  १४ अर्बको अर्को खेल भएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणको हालका महानिर्देशक राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवाको विमानस्थल निर्माणका क्रममा ठुलो लापरबाही गरेको खुलेको छ ।



    अधिकारी आफै प्रमुख रहेको आयोजनाको रनवेमा टर्निङ नै नपुगेपछि डिजाइनमा कति लापरबाही भएको रहेछ भन्ने कुराको पुष्टि भएको छ । यस्तो लापरबाही गर्ने अधिकारीबिरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जति उजुरी परे पनि छानविन भएको छैन। बरु बालुवाटारका बिचौलिया रामचन्द्र भट्टदेखि तारा सापकोटा हुँदै प्रधानमन्त्री शेरवहादुर देउवाका साला भूषण राणासम्म रिझाएर अधिकारीले प्राधिकरणको महानिर्देशक पद हत्याए । आफूभन्दा सिनियर उच्च कर्मचारीहरूलाई चक्मा दिएर अधिकारी महानिर्देशक बनेर बसेका छन् ।



    वाइड बडी जहाज झण्डै ४५ मिनटसम्म रनवेमा अड्किएको थियो । विमानस्थलको यो अवस्था छ । विदेशीसँग महँगो व्याजमा ऋण लिएर बनाएको भैरहवा विमानस्थलका आर्थिक अनियमितताका धेरै कथाहरू छन् । ती कथामा अधिकारीको नाम जोडिएका छन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आले र प्राधिकरणका महानिर्देशक अधिकारीले भैरहवा विमानस्थल सञ्चालनमा नआउँदै १४ अर्ब रुपियाँमा ‘टर्मिनल टू’ बिल्डिङ बनाउन लागेका छन् । महँगो व्याजको ऋणमा टर्मिनल टू बिल्डिङ बनाउन दवावहरू दिने गरेको स्रोतको दाबी छ  ।

    भैरहवा विमानस्थलमा एउटा टर्मिनल बिल्डिङ छ । सञ्चालनमै नआएको विमानस्थलमा अर्को बिल्डिङ किन चाहियो भनेर अर्थ मन्त्रालय र पर्यटन मन्त्रालयकै कर्मचारीहरूले प्रश्न गरेका छन् ।

    टर्मिनल टू बिल्डिङ बनाउन एडीबीसँग १४ अर्ब ऋण लिन खोजिएको छ । एडीबीले नेपाल सरकारलाई २ प्रतिशत व्याजमा ऋण दिन्छ । नेपाल सरकारले त्यो पैसा प्राधिकरणलाई साढे ५ प्रतिशत व्याजमा ऋण दिन्छ ।

    मन्त्री आले र महानिर्देशक अधिकारीले भैरहवा विमानस्थलमा टर्मिनल टू बिल्डिङ बनाउने योजना ल्याएर आफू निकटका ठेकेदारहरूलाई काम दिने तयारी गरेको स्रोतको दाबी छ ।

    मन्त्री आलेले अर्थमन्त्री जनार्दन शर्मासँग भैरहवामा बिल्डिङ बनाउन १४ अर्ब रुपियाँ मागेपछि यसमा अर्का बिचौलिया दिपक भट्टको प्रवेश गर्न खोजेका छन्। दिपक भट्ट जनार्दन शर्मा निकट मानिन्छन्। ।

    अर्थमन्त्री शर्माले भैरहवा विमानस्थल पहिला चलाउन सुझाव दिएका छन् । ‘पहिला भैरहवा विमानस्थल चलाउनुस् । विमानस्थल चल्यो र बिल्डिङ पुगेन भने मात्रै अर्को बिल्डिङ बनाउन बजेट दिन्छु भन्दै मन्त्री शर्माले घुमाउरो पारामा सहयोग गर्ने जनाउ दिएका छन्। ।’

    तर, भैरहवा विमानस्थल सञ्चालन नहुँदै मन्त्री आले र महानिर्देशक अधिकारीले किन अर्को टर्मिनल टू बिल्डिङ बनाउन खोजेका हुन् ? रहस्यको विषय बनेको छ ।

    नेपाल सरकारलाई प्राधिकरणले ५० अर्बभन्दा धेरै ऋण तिर्न बाँकी छ । स्वार्थका लागि मन्त्री र महानिर्देशकले भैरहवामा १४ अर्ब फसाउन खाजेको देखिन्छ ।

    यो विषयमा पर्यटन मन्त्रालय र प्राधिकरणका जिम्मेवारी व्यक्तिहरू बोल्न चाहँदैनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार