Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • यो वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन

    यो वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन

    अनलाइन नेपाल
  • शनिबार, २४ बैशाख २०७९
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी १८ जेठदेखि १४ असोजसम्मको चार महिनाको मनसुन अवधिको समयलाई ध्यानमा राखेर यस्तो आँकलन गरेको हो ।

    विभागले नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्था, जलवायु प्रारूपको मनसुन अवधिको आँकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्री–मनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत मध्यनजर गरी सो आँकलन तयार पारेको जनाइएको छ ।



    विभागले विश्व मौसम संगठनको विश्वभर र क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूपको आँकलन, विभागको आँकलन गर्ने प्रविधि र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आँकलनलाई समेत आधार मानेको जनाइएको छ ।



    विभागले सन् २०२० देखि आफैं पनि मनसुनको अवधि र हिउँदको अवधिको मौसम आँकलन गर्दै आएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार