Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एनआईसी एशियामा मिस्ड कल गरेर खाता खोल्न सकिने

    एनआईसी एशियामा मिस्ड कल गरेर खाता खोल्न सकिने

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । गतिशील बैंकिङ्गको अभ्यास गर्दै समयअनुरुप ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याइरहेको एनआईसी एशिया बैंकले अहिले फेरि नयाँ योजना सार्वजनिक गरेको छ ।

    एनआईसी एशिया बैंकले अहिले मिस्ड कल गरेरै अनलाइनमार्फत खाता खोल्न सकिने योजना ल्याएको हो ।



    एन आई सी एशिया बैंकले ९८०१२२७७५ नम्बरमा एक मिस्ड कल सेवा मार्फत खाता खोल्न सकिने योजना ल्याएको हो ।



    सर्वाधिक उच्च ब्याजदर सहित पाँच वर्षका लागि निःशुल्क ८४ लाखसम्मको तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र पाँच वर्षका लागि निःशुल्क १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू समेत यो योजनामा लागू हुने बैंकले जनाएको छ ।

    माथि उल्लेखित नम्बरमा मिस्ड कल गरेपछि अनलाइन खाता खोल्नका लागि बैंकका प्रतिनीधिहरूले सहयोग गर्ने एनआईसी एशियाले जनाएको छ ।

    बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

    उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू। ३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

    वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार