Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • भरतपुरमा ४० हजार ९६३ मत गन्दा रेनु ३ हजार १२६ ले अगाडि

    भरतपुरमा ४० हजार ९६३ मत गन्दा रेनु ३ हजार १२६ ले अगाडि

    अनलाइन नेपाल
  • बिहिबार, ५ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    चितवन । भरतपुर महानगरपालिकाको मेयरका नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३ हजार १ सय २६ मतले अग्रता लिएकी छन् ।

    ४० हजार ९ सय ६३ मत गणना हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी उनले १५ हजार ५ सय ९३ मत प्राप्त गरेकी छन् ।



    नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार ३ सय ८७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ४ सय ३ मत ल्याएका छन् ।



    उपमेयरका उम्मेवार चित्रसेन अधिकारी १७ हजार ९ सय ७० र हिमला गुरुङले ९ हजार १ सय ६१ ल्याएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार