Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काठमाडौँ महानगर-२२ मा एमालेका महर्जन विजयी

    काठमाडौँ महानगर-२२ मा एमालेका महर्जन विजयी

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौँ महानगरपालिका–२२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का चिनीकाजी महर्जन अध्यक्ष पदमा विजयी भएका छन् ।

    महर्जनले नेपाली कांग्रेसका प्रतिस्पर्धी शालिग्राम तण्डुकारलाई ५८२ मतले पछि पार्दै अध्यक्ष पदमा विजयी भएका हुन् ।



    महर्जनले दुई हजार ६० मत प्राप्त गर्दा तण्डुकारले एक हजार ४७८ मत प्राप्त गरेका छन् । त्यसैगरी वडा सदस्यमा कांग्रेसका उम्मेदवार अनिल हाडा र चन्द्रमान तुलाधर विजयी भएका हुन् ।



    महिला सदस्यमा कांग्रेसको तर्फबाट ललिता खड्गी र दलित महिला सदस्यमा एमालेको गीता परियार यस अघिनै निर्विरोध निर्वाचित भइसकेका छन् ।

    कामपामा हालसम्मा एक लाख ४५ हजार ३६२ मत गणना गर्दा पाँच हजार ६४३ मत बदर भएको मुख्य निर्वाचन अघिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार