Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • डब्ल्यूएचओको महानिर्देशकमा पुनः ट्रेड्रोस

    डब्ल्यूएचओको महानिर्देशकमा पुनः ट्रेड्रोस

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को महानिर्देशकमा ट्रेड्रोस अधानम गेब्रेयेसस पुनः चयन भएका छन् । डब्ल्यूएचओका सदस्यहरुले उनलाई पुनः पाँच वर्षको कार्यकालका लागि महानिर्देशकमा चयन गरेका हुन् ।

    मंगलबार विश्व स्वास्थ्य सभाका अध्यक्षले टेड्रोस पुनः महानिर्देशकमा निर्वाचित भएको जानकारी दिएका हुन् ।



    इथियोपियाको पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका ट्रेड्रोसले कोभिड–१९ को कठिन परिस्थितिमा पनि डब्ल्यूएचओको नेतृत्व गरेका थिए।



    पुनः महानिर्देशकमा निर्वाचित भएसँगै टेड्रोसले अब डब्ल्यूएचओले आपतकालीन तयारी र संस्थाको सुधारमा आफ्नो ध्यान केन्द्रित गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार