Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पर्यटनमन्त्री मन्त्री आले र ईयू राजदूतबीच भेटवार्ता, नेपाललाई प्रतिबन्ध सूचीबाट हटाउन आग्रह

    पर्यटनमन्त्री मन्त्री आले र ईयू राजदूतबीच भेटवार्ता, नेपाललाई प्रतिबन्ध सूचीबाट हटाउन आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, १२ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच बिहीवार मन्त्रालयमा भेटवार्ता भएको छ ।

    मन्त्री आले तथा राजदूत डिप्रेजबीच नेपालको उड्डयन क्षेत्र सुरक्षित भएकाले ईयूको सेफ्टी लिस्ट (प्रतिबन्ध) बाट नेपाललाई कसरी हटाउने भन्ने विषयमा छलफल भएको मन्त्री आलेका निजी सचिव मनोज अधिकारीले जानकारी दिए ।



    भेटमा मन्त्री आलेले राजदूत डिप्रेजलाई नेपाली आकाश सुरक्षित रहेको भन्दै भने, आईकाओको नतिजाले नेपाली आकाश सुरक्षित रहेको भन्ने देखाएको छ, अब नेपाली विमानलाई ईयूको प्रतिबन्ध सूचीबाट हटाउनुपर्छ ।’



    मन्त्री आलेसँगको भेटमा राजदूत डिप्रेजले नेपाललाई ईयूको प्रतिबन्ध सूचीबाट हटाउने भन्ने कुरा प्राविधिक विषय भएकाले यसबारे छलफल गरी जानकारी गराउने बताए । आठ वर्ष अगाडि ईयूले नेपालको हवाई सुरक्षा कमजोर भएको मूल्याङ्कन गर्दै कालोसूचीमा राखेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार