Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • नेपाली विद्यार्थीलाई १३ अर्ब ७६ करोड क्षतिपूर्ति भराउन अस्पताललाई अदालतको आदेश

    नेपाली विद्यार्थीलाई १३ अर्ब ७६ करोड क्षतिपूर्ति भराउन अस्पताललाई अदालतको आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । अमेरिकाको मिनियसोटास्थित अदालतले नेपाली विद्यार्थी अनुज थापालाई खुट्टाको शल्यक्रियामा लापरबाही गरेको भन्दै एक अस्पताललाई ११ करोढ १० लाख (१३ अर्ब ७६ करोड नेपाली रुपैयाँ) क्षतिपूर्ति भराउने फैसला गरेको छ । क्षतिपूर्ति तिर्न त्यहाँको सेन्ट क्लाउड अर्थोपेडिक अस्पतालका नाममा आदेश दिएको हो ।

    सन् २०१९ मा थापाले सेन्ट क्लाउड अर्थोपेडिक अस्पतालमा शल्यक्रिया गर्दा चिकित्सकीय लापरबाहीका कारण आफू शारीरिक रूपले अपांगता भएको दाबी गर्दै मिनियसोटा अदालतमा मुद्दा हालेका थिए ।



    उनले शल्यक्रियामा भएको लापरबाहीबापत क्षतिपूर्ति माग गरेका थिए । थापाले दिएको निवेदनमा सुनुवाइ गर्दै मिनियसोटा अदालतले क्षतिपूर्ति भराउने फैसला गरेको हो ।



    मिनियसोटा अदालतले गत साता गरेको सो फैसला राज्यको अहिलेसम्मकै ठूलो व्यक्तिगत क्षतिपूर्ति हुन सक्ने अमेरिकी समाचार संस्था एसोसिएट प्रेस ९एपी०ले जनाएको छ ।

    एपीका अनुसार २५ वर्षीय नेपाली विद्यार्थी थापाले सन् २०१९ मा अस्पतालविरुद्ध क्षतिपूर्ति दाबी गर्दै मुद्दा हालेका थिए । थापाले सन् २०१७ जनवरीमा कलेजभित्र फुटबल खेल्दा उनको देब्रे खुट्टा भाँचिएको थियो ।

    थापा सेन्ट क्लाउड विश्वविद्यालयमा पढ्थे । उनको खुट्टा भाचिँदा पहिलो वर्षमा अध्ययनरत थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार